आँचल शर्मा

‘मिस एसएलसी’ विजेता आँचल शर्माले ‘नाइँ नभन्नू ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन् । नेपाल टेलिभिजनमा भीजे थिइन्, उनी । भिजेइङ गर्दागर्दै फिल्मको अडिसन दिन पुगेकी उनलाई विकास आचार्यले फिल्मकी दोस्रो नायिकाका रूपमा अनुबन्ध गरेका थिए । पहिलो फिल्म नै हिट भयो तर आँचलले यसको क्रेडिट पाइनन् । तर, यही फिल्मबाट उनले पल शाहसँग गहिरो मित्रता गरिन् । पलले उनलाई म्युजिक भिडियोमा स्थापित हुन मद्दत गरे । पलसँगै उनले फिल्म ‘जोनी जेन्टलमेन’ र ‘शत्रु गते’मा अभिनय पनि गरेकी छिन् । आफ्नो बोलीका कारण विवादमा परिरहने आँचलको फिल्म उद्योगमा ‘छुच्ची अभिनेत्री’को छवि छ । मह सञ्चारको निर्माण रहेको फिल्म ‘दाल भात तरकारी’ उनको रिलिज हुन लागेको फिल्म हो । ‘पिंकी’ नामको चरित्रमा देखिने आँचलले यो फिल्ममा पुष्प खड्काको जोडी भएर अभिनय गरेकी छिन् ।