सन्तोषी माझी

निजगढ, बाराकी सन्तोषी माझी अध्ययनका लागि काठमाडौँ आएकी हुन् । प्लस टू पढ्दै गरेकी उनको रुचि मोडलिङमा छ । पढाइसँगै डान्स, एक्टिङ कोर्स पनि गरिरहेकी छिन् । भविष्यमा अभिनेत्री बन्ने लक्ष्य लिएकी उनलाई घरपरिवारको पनि साथ छ । ‘मलाई यो क्षेत्रमा लाग्न दिदी र आमाबुबाले सपोर्ट गरिरहनुभएको छ,’ उनी भन्छिन् । पढाइ र मोडलिङ एकसाथ अघि बढाउने सोचमा रहेकी उनी केही वर्ष अभिनय सिक्ने बताउँछिन् । ‘मनोरञ्जन क्षेत्रमा गरिखानका लागि आवश्यक सीप सिकेर आफूलाई परिपक्व बनाउने सोच छ,’ उनी भन्छिन् ।