करुणा पाण्डे

काठमाडौं, गोंगबुकी करुण पाण्डेलाई अभिनेत्री बन्ने ठूलो धोको छ। 'सानैदेखिको रहर भनेकै हिरोइन बन्ने थियो, उनी भन्छिन्, त्यही भएर मोडलिङमा लागेकी हुँ। परिवारबाट साथ मिलेको छ।' ऋभिनेता अनुप बरालको एक्टर्स स्टुडियोबाट अभिनय कोर्स गरेकी उनी 'जय शम्भु' फिल्मबाट डेब्यु गर्दैछिन्। सुटिङ भइरहेको फिल्म 'जय शम्भु' मा पाण्डेसँग अभिनेत्री वर्षा शिवाकोटी र प्रशान्त ताम्राकारको पनि अभिनय छ।' डेब्यु फिल्ममा अनुभवी कलाकारसँग काम गर्न पाउनुलाई मैले अवसरका रुपमा लिएकी छु, पाण्डे भन्छिन्, राम्री हुँदैमा मोडल र कलाकार बन्न सकिँदैन। कलाकार हुन राम्रो अभिनय पनि गर्न सक्नुपर्छ। त्यही भएर अभिनय क्लास लिएपछि फिल्ममा कोसिस गरेकी हुँ।'