शुभेच्छा खड्का

‘मिस नेपाल’लगायत विभिन्न सौन्दर्य प्रतियोगिताबाट फिल्म क्षेत्रमा कलाकार भित्रिने क्रम बढ्दो छ । प्रियंका कार्की, मलिना जोशी, सृष्टि श्रेष्ठ आदि धेरै नाम छन्, जो सौन्दर्य प्रतियोगिताबाट फिल्ममा प्रवेश गरेका थिए । ‘मिस नेपाल२०१२’ की ‘मिस इन्टरनेसनल’ शुभेच्छा खड्का यो शृंखलामा नयाँ नाम हुन् । उनले यही साल ‘रणवीर’बाट फिल्ममा डेब्यू गरेकी थिइन् । ‘मिस इन्टरनेसनल’ पछि शुभेच्छा मिडियातर्फ आकर्षित भइन् । न्युज २४ देखि ईसीएस म्यागजिनमा काम गरिसकेकीउनले कान्तिपुर टेलिभिजनमा भीजेका रूपमा पहिचान बनाइन् । केही म्युजिक भिडियोमा अभिनय गरेकी उनी चित्तबुझ्दो भूमिका पाए अभिनयलाई निरन्तरता दिने बताउँछिन् ।