अनीता गिरी

खोटाङ, सिम्पानीकी अनीता गिरीले फिल्म ‘रोज’ मा अभिनेत्री पारमिता राणाको साथीको भूमिकामा अभिनय गरेकी छिन् । केही म्युजिक भिडियो र फेसन सोमा काम गरेकी उनी अहिले फिल्म ‘तिमी नहुँदा’ मा पनि मुख्य अभिनेत्रीकै साथीको भूमिकामा छिन् । अभिनेत्री बन्ने लक्ष्य लिएकी उनले भर्खरै एसईई परीक्षा दिएकी छिन् । पढाइ बीचैमा छोडेर मोडलिङमा लागेकी थिइन् । ‘अब पढाइलाई पनि निरन्तरता दिँदै मनोरञ्जन क्षेत्रमा लाग्ने सोच बनाएकी छु,’ उनी भन्छिन् । हतारिएर होइन, सक्षम भएर अघि बढ्नुपर्ने महसुस भएपछि पढाइलाई निरन्तरता दिएको अनीता बताउँछिन् ।