भावना गुरुङ

फेसन सोबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी थिइन्, भावना गुरुङ । एक दर्जनभन्दा बढी फेसन सो आयोजना र कोरियोग्राफी गरेकी उनले दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । चितवनमा जन्मेहुर्केकी उनी फेसन डिजाइनिङ र मेकअपमा पनि रुचि राख्छिन् । उनको डेब्यु फिल्म ‘स्वर्ग मेरो गाउँ’ हो । ‘फेसन, मोडलिङ र फिल्ममासँगै अघि बढ्न संघर्ष गरिरहेकी छु,’ उनी भन्छिन् ।