नम्रता अर्याल

बुटवल, कालिकानगरकी नम्रता अर्याल सौन्दर्य प्रतियोगितामा भाग लिएपछि मोडलिङमा आकर्षित भएकी हुन् । सौन्दर्य प्रतियोगितामा भाग लिँदा मोडलिङसम्बन्धी सामान्य जानकारी पाएकी उनले त्यसपछि केही म्युजिक भिडियोमा काम गरिन् । ¥याम्प मोडलिङ पनि गरिन् । दुई वर्षयता मोडलिङमा केही गर्ने ध्येयले उनी खटिरहेकी छिन् । ‘अहिलेसम्म उल्लेख्य काम गर्न पाएकी छैन,’ उनी भन्छिन् । मोडलिङ तथा ग्ल्यामर क्षेत्रका अधिकांशले गफ बढी दिने उनको अनुभव छ । केही समयदेखि उनी शिल्पी थिएटरमा निर्देशक घिमिरे युवराजसँग एक्टिङ कोर्स गरिरहेकी छिन् ।