सनम अधिकारी

पोखरा, सिर्जनाचोककी सनम अधिकारीले व्यवस्थापन विषयमा स्नातक गरेकी छिन्। एक निजी कम्पनीमा कार्यरत उनको रुचि मोडलिङमा छ। केही फेसन सोमार्‍याम्प वाक गरेकी छिन्। ‘पोखरामा मोडलिङमा अवसर पाउन गाह्रो भएकाले करिअर बनाउन काठमाडौँ बस्ने सोचमा छु,’ उनी भन्छिन्। केही समयअघि विदेश जाने तयारीसमेत गरेकी उनले अहिले मन बदलेकी छिन्। ‘अब नेपालमै रहेर मोडलिङमा करिअर बनाउने योजनामा छु,’ उनी भन्छिन्।