रेवती क्षत्री र आशिष पिया

रेवती क्षत्री भारतको असम, गुवाहाटी मूल घर भएकी रेवती क्षत्री मोडल हुन् । थुप्रै फेसन सोमा ¥याम्प नापेकी उनले म्युजिक भिडियो मोडलका रूपमा अभिनय सुरु गरेकी थिइन् । ‘ग्याङ्स अफ नर्थवेस्ट’ बाट फिल्ममा डेब्यू गरेकी रेवती सन् २०१६ को मिस एसिया युनिभर्सिटी र मिस इन्टरनेसनल भारतकी विजेता हुन् । सुविन भट्टराईको उपन्यासमा आधारित फिल्म ‘समर लभ’ नेपालमा उनको डेब्यू फिल्म हो । उनले ‘प्यार तुने क्या किया’ टेलिभिजन सिरिज र ‘ह्याप्पी फिर भाग जाएगी’ फिल्ममा अतिथि भूमिका निर्वाह गरेकी छिन् । मुम्बईमा बस्दै आएकी रेवती राम्रो भूमिका भए आउँदा दिनमा पनि नेपाली फिल्म खेल्न इच्छुक रहेको बताउँछिन् । आशिष पिया केही पेपर एड र टीभीसीमा मोडलिङ गरेका आशिष पियाले पनि ‘समर लभ’बाट अभिनयमा खाता खोलेका हुन् । झट्ट हेर्दा कोरियनजस्ता देखिने उनलाई चकलेटी हिरोहरूको सम्भावित प्रतिस्पर्धी मानिने गरेको छ । पहिलो फिल्मबाटै अभिनयमा सम्भावना देखाएका उनलाई रोमान्टिक श्रेणीका फिल्म सुहाउने प्रतिक्रिया पाएका छन् । ‘समर लभ’ले पाएको प्रतिक्रियाबाट उत्साहित आशिष सुरुवाती दिनमा आफू रोमान्टिक अभिनेताकै रूपमा स्थापित हुने सोच बनाएको बताउँछन् । ‘यो मेरो सिक्ने समय हो,’ उनी भन्छन्, ‘एकैचोटि गम्भीर भूमिकामा देखिनुअघि रोमान्टिक फिल्म गरेर प्रशस्त अनुभव लिन्छु । त्यसपछि मात्र अरू रोलबारे सोच्नेछु ।’