शारदा राई

नुवाकोट, कबिलासकी शारदा राई तीन वर्षदेखि मोडलिङमा सक्रिय छिन् । केही म्युजिक भिडियो र र्या‍म्प सोमा मोडलिङ गरेकी राई यो फिल्डमा सोचेजति प्रगति गर्न नसकेको बताउँछिन् । प्लस टू पास गरेपछि मोडलिङमा लागेकी उनलाई परिवारको पनि साथ छ । उनी स्टेज कार्यक्रममा डान्स पनि गर्छिन् । ‘मेरो नृत्यको दर्शकले तारिफ गर्दा खुशी लाग्छ,’ उनी भन्छिन् । आयआर्जनको भरपर्दो माध्यम स्टेज नृत्य भएको उनी बताउँछिन् । ‘अभिनय क्लास लिएर फिल्ममा प्रवेश गर्ने योजना छ,’ उनी भन्छिन्, ‘विज्ञापनमा पनि काम गर्ने रहर छ ।’