प्रविशा अधिकारी

गायिका प्रविशा अधिकारी ११ वर्षअघि ‘बिदाइ’ फिल्मको गीतबाट पाश्र्वगायनमा प्रवेश गरेकी थिइन् । फिल्म ‘कसलाई दिऊँ यो जोवन’को ‘तिमी जहाँ छौ’ बोलको गीत गाएर बढी चर्चामा आएकी थिइन् । ‘मायाले बाँध्यो यसरी’, ‘फूल हैन’, ‘जिन्दगी नै भन्दिनँ’ आदि उनका लोकप्रिय गीत हुन् । दुई पुस्ताका लागि गीत गाउने भाग्यमानी गायिका मानिन्छन्, प्रविशा । उनले रेखा थापा, झरना थापादेखि भर्खरै अभिनयमा आएकी सुहाना थापाका लागि पनि गाएकी छिन । अर्थशास्त्रमा स्नातक प्रविशाले दुईसयभन्दा बढी गीतमा आवाज दिइसकेकी छिन् ।