सुरबिना कार्की

अहिले बजारमा सर्वाधिक चर्चामा रहेको ‘के माया लाग्छ र ?’ बोलको गीतको मोडल हुन्,अभिनेत्री सुरबिना कार्की । भारत, मुम्बईमा संघर्षरत उनले दर्जनजति नेपाली फिल्ममा अभिनय गरेकी छिन् । ‘झेली’ मार्फत फिल्ममा प्रवेश गरेकी उनले ‘सुश्री’, ‘लुकामारी’, ‘नाइके’ आदि फिल्ममा अभिनय गरेकी छिन् ।बलिउड अभिनेता अनुपम खेरको अभिनय प्रशिक्षण केन्द्रमा अभिनयको कोर्स गरेकी सुरबिनाले त्यहाँ केही कभर सङमा अभिनय गरेकी छिन् ।