सोना अमात्य

काठमाडौँ, डल्लुमा जन्मिएकी गायिका सोना अमात्यले सन् २०१४ बाट गायन यात्रा सुरु गरेकी हुन् । वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठसँग ‘पल पल’ गाउँदै उनको संगीत यात्रा आरम्भ भएको थियो । उनले गीतमा मोडलिङ पनि गरेकी थिइन् । त्यसयता ‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायत गीतमा स्वर दिएकी छिन् । आफूले गाएका सबै गीतमा उनले मोडलिङ पनि गर्ने गरेकी छिन् । ‘डिजिटल मार्केटिङ’ विषयमा स्नातकोत्तर सोना विज्ञापन एजेन्सी पनि चलाउँछिन् ।