केन्जल मेहर श्रेष्ठ

ललितपुर, पाटन स्थायी घर भएकी केन्जल मेहर श्रेष्ठ पहिलो नेपाल आइडलमा टप टेनसम्म पुगेकी थिइन् । एमबीबीएस अन्तिम सेमेस्टरकी विद्यार्थी केन्जलले साथीहरूसँग मिलेर स्थापना गरेको ‘ब्यान्ड ३’ मार्फत सांगीतिक गतिविधि अगाडि बढाइरहेकी छिन् । लकडाउन खुल्नासाथ नयाँ गीत सार्वजनिक गर्ने तयारी गरिरहेकी छिन् । नेपाल आइडलमा सहभागी हुनुअघि केन्जल रेस्टुरेन्टमा गाउँथिन् ।