होली मलाई मन पर्ने पर्व हो। रङसँग रमाउन पाउँदा खुशी हुन्छु। यो वर्षको होली दर्शकसँग मनाउने योजना बनाएको छु। काठमाडौँ, बौद्धमा सांगीतिक कार्यक्रम छ। त्यहीँ गीत गाएर दर्शकसँग नाच्दै÷गाउँदै होली मनाउनेछु।
न तराई, न पहाड। बुटवलको भूगोलले होली पर्वमा खास अर्थ राख्छ। होली पहाडमा पहिलो दिन र तराईमा अर्को दिन मनाइन्छ। बुटवल त्यस्तो ठाउ हो, जहाँ दुई दिन नै होली मनाइन्छ...