सानैदेखि छोरालाई महिलाको आदर र सम्मान गर्न सिकाउनुपर्छ। आमा, दिदीबहिनी र घरका अन्य महिला सदस्यबाटै त्यसको सुरुवात गर्न सकिन्छ। पितृसत्तात्मक समाजमा महिलालाई हेलाँहोचो गरिन्छ। घरका ठूलाबडाबाट महिला सदस्य अर्थात् हजुरबुबाबाट हजुरआमा, बुबाबाट आमा हेपिएको देख्दा सानो बालकले पनि त्यही सिक्छ। ‘महिलाको अपमान गर्नुपर्छ’ भन्ने बुझ्छ। अनि, दिदीबहिनीलाई हेप्न थाल्छ। बिहेपछि श्रीमतीलाई हेप्ने गर्छ। यहीँबाट गलत संस्कारको सुरुवात हुन्छ। बच्चालाई महिलाको सम्मान गर्न सिकाउन घरमा पुरुषले पनि महिलाको सम्मान गर्नुपर्छ।
१८ साउन २०७७