लकडाउन लम्बिएपछि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक आदि जिल्लाबाट मजदुरहरू धमाधम आ–आफ्ना घर फर्कन थाले। सुर्खेत, सल्यान, रुकुम, रोल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्म पुग्न कैयौँ दिनसम्म हिँडिरहेका उनीहरूको लस्कर पृथ्वीराजमार्गमा दैनिक देखिन्थ्यो। बालबच्चा बोकेका महिला, गर्भवती, वृद्धवृद्धा र बालबालिका वैशाखको धूपमा सडकमा खाली खुट्टा  हिँडिरहेका दृश्यले सबैलाई भावुक बनाएको थियो। सर्वोच्च अदालतले उनीहरूलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउनू भन्ने आदेश दिए पनिसरकारले भने टेरेको थिएन।

सम्पूर्ण

१२ बैशाख २०७७